Logo

प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने/नगर्नेबारे समितिको बैठक सुरु



काठमाडौं, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि संसदीय सुनुवाइ समितिको बैठक अहिले भर्खरै सुरु भएको छ ।

यसअघि तीन पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक अनिर्णित भएको थियो। प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद कायमै छ।

स्रोतका अनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीको विपक्षमा उभिएको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जोशीको पक्षमा देखिएको छ।



प्रतिक्रिया दिनुहोस्