Logo

नयाँ टेन्डर आह्वानसँगै एनटिभीका सबै सिरियल बन्द !



काठमाडौं, १६ साउन । नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि एकाएक बन्द भएपछी, दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएसका हुन ।

मिडिया हबले हाँस्य टेलिश्रृंखला भद्रगोल, जिरे खुर्सानी, मेरी बास्सै, र ब्रेक फेल, तथा पारिवारिक टेलिश्रृंखला परिचय उत्पादन गरेर प्रशारण गर्दै आएको थियो । ती सिरियल प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता एक्सपायर्ड भएको छ ।

राति साढे आठ बजेदेखि ४० मिनेट समय खरिद गर्नका लागि एनटीभीले हालै नयाँ टेन्डर आह्वान गरेको छ । मिडिया हब फेरि पनि उक्त समय खरिद गर्न तयार छ, तर मूल्य घटाउनुपर्ने उसको शर्त रहेको छ ।

मिडिया हबले पछिल्लो समय आइतबार प्रशारण हुने परिचयका लागि ४० मिनेटको १ लाख ७७ हजार ७ सय ७७ र अन्य कमेडी सिरियलका लागि दुई लाख ७६ हजार पाँच सय तिर्दै आएको थियो । प्रत्येक वर्ष १० प्रतिशतका दरले मूल्य बढ्ने गरी सम्झौता गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot