Logo

‘झमकबहादुर’ हेर्न १६ वर्ष मुनिका बालबालिकालाई अभिभावक चाहिने



काठमाडौ, १७ साउन । साउन १८ गते शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र झमकबहादुर सेन्सर पास भएको छ । चलचित्रलाई सेन्सर बोर्डले पिजि प्रमाणपत्र दिँदै सेन्सर पास गरेको हो । चलचित्रमा अपहरण र सुन तस्करी बिषय समेटिएको हुँदा केही पहिले सेन्सरले रोक लगाएको थियो । अहिले भने प्रदर्शनका लागि खुल्ला गरेको हो ।

पिजि प्रमाणपत्रसँगै यो चलचित्र हेर्न १६ बर्षभन्दा कम उमेरका दर्शकका लागि अभिभावकको साथ चाहिनेछ । यसरी चलचित्र हेर्नलाई अभिभावक चाहिने कस्तो चलचित्र हो दर्शकको हातमा भरपर्छ ।

कुनै पनि दृश्यमा काँटछाँट नगरी सेन्सरले आफ्नो चलचित्र पास गरेको निर्माता मिनकुमार तामाङले बताए । अनुपबिक्रम शाही, यादव देवकोटा सरापे, राजु कमेडी, मिनकुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, राजन महर्जनको मुख्य भूमिका रहेको चलचित्र भोमन कटुवालले निर्देशन गरेका हुन् ।

चलचित्रमा पवन गौतमको छायाँङकन, अनिल महर्जनको सम्पादन, राजु किराँत राईको द्धन्द्ध रहेको छ । चलचित्रको पहिलो ट्रेलर सार्वजनिकसँगै हिन्दी चलचित्र मुम्बई एक्सप्रेसको कपि भनेर धेरैैको आलोचना खेप्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्