Logo

४१ लाखको लागतमा सामुदायिक विद्यालय भवन



पर्वत, १७ साउन । कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ ।

जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य पाँच महिनाभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको भवन निर्माण समितिका अध्यक्ष सुनिल थापाले बताएका छन।

निर्माणाधिन भवन शिलन्यास गर्दै वडाअध्यक्ष भीमप्रसाद गुरुङले विद्यालयको भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लाने जनाए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले विद्यालयले पर्वत जिल्लामै फरक ढंगले यहाँ शैक्षिक सुधारको अभियान शुरु गरे पनि कक्षाकोठा अभावले समस्या भएकामा नयाँ भवनले त्यसको आवश्यकता पूरा गर्ने जनाएका छन ।

कुस्मा नगरपालिका र वडा कार्यालयबाट भवन निर्माणका लागि नपुग रु पाँच लाख विनियोजन हुने विश्वास विद्यालयले लिएको उनले जानकारी गराए ।उक्त विद्यालयले दुई वर्ष पहिलेदेखि मन्टेश्वरी र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ भने सबै कक्षाकोठामा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरेको छ ।
ऐच्छिक बिषयअन्तर्गत कम्युटर बिषयमा १० कक्षासम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयलाई उत्कृष्ट शैक्षिक अभ्यास थालेकामा यस वर्ष कुस्मा नगरपालिका नगर शिक्षा शाखाले उत्कृष्ट विद्यालयको रुपमा सम्मानसमेत गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot