Logo

अपाङ्गता प्रतिको सोचाईनै समस्यामूलक रहेको छः मेयर सापकोटा



कौरव खत्रीः गुल्मी १७ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुर्नस्र्थापना केन्द्र आई.डि.सी परियोजना गुल्मीको आयोजनामा शिक्षकहरुका लागि अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने अभिमुखीकरण तालिम वामीमा सम्पन्न भएको छ ।

सोही तालिमका अवसरमा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले अपाङ्गतालाई गरिने व्यवहार र भाषिक रुपमा सुधार गनु पर्ने भन्दै अझै पुरानो सोच विचारलाई परिवर्तन गर्नु पर्ने बताए ।

साथै नगर प्रमुख सापकोटाले विद्यालय तहबाटै अपाङ्गता भएका वालवालिकाहरुलाई सक्षम बनाउनु पर्ने र समाजमा सहज ढङ्गले उनीहरुलाई क्षमता विकास गर्ने अवसर दिनु पर्ने भन्दै नगरपालिकाभित्र पनि विभिन्न प्रकृतिका अपाङ्गता भएका बालवालिका रहेको, यस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई कतिपय अवस्थामा घरपरिवारबाटै सहयोग समेत नभएको समेत बताए ।

अपाङ्गताप्रतिको सोचाई नै समस्यामूलक भएकोले अपाङ्गता भएका व्यक्तिलाई घरपरिवार र समाजले पनि एउटा बोझको रुपमा ठान्ने हुदा अपाङ्गताप्रतिको सोचाई र व्यवहारमा परिवर्तन ल्याउनु पर्ने कुरामा जोड दिए ।

समाजमा सबै पक्ष मिलेर अपाङ्गता भएका व्यक्तिहरुका लागि सहज हुने घर तथा शौचालय निर्माण गर्न नगरले प्राविधिकको सल्लाह अनुसार सहयोग गर्न आफू तयार रहेको भन्दै यस्ता व्यक्तिहरुका लागि कसरी सहयोग जुटाउने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा घरपरिवार र सामाजिक रुपमा नगर र सम्वन्धित मान्छेको चिन्तन व्यक्ति र साधन श्रोतको जुटाउन सकिन्छ भन्दै उनीहरुको सहयोगका लागि सर्वप्रथम यर्थाथ तथ्याङ संकलन गरेर मात्र कस्तो खालको सहयोग गर्ने भन्ने बारेमा सहज हुने बताए ।

साथै अवसरमा मुसिकोट नगरपालिकाका नगर शिक्षा अधिकृत अम्मर केसीले अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालयमा आउने वातावरण सिर्जना गरेर विद्यालयमा उनीहरुलाई अपाङ्गमैत्री वातावरण सिर्जना गरेर समावेशी शिक्षामा जोड दिदैै समान व्यवहार र सकरात्मक सोचको विकास गर्नु पर्ने भन्दै कार्यक्रमका बारेमा प्रस्ट पार्नु भएको थियो ।

अपाङ्गता भएका बालबालिकाको वर्तमान अवस्था,शिक्षामा पँहुच,शैक्षिक सरोकारवाला बीचको भूमिका लगायतका विषयमा परियोजना संयोजक गोविन्द चौधरी, अपाङ्गता पुनस्र्थापना सहायक निर्मला पुरी, अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसी र तुल्सी पाण्डेले अभिमुखीकरण तालिमको सहजीकरण गनुभएको थियो । तालिममा मुसिकोट नगरपालिका भित्रका विद्यालयहरुका प्रधानाध्यापक एव शिक्षक प्रतिनिधि गरिे ३५ जनाको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्