Logo

फोहरमुक्त बन्दै महानगरपालिका



ललितपुर, १७ साउन । ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताएका छन। अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत बढाउनेमा जोड दिँदै उनले भने, “हामीले आधुनिक तरिकाले र दीर्घकालीनरुपमा फोहरमैला व्यवस्थापनको योजना बनाएका छौँ ।”

महानगरपालिकाले आर्थिक वर्षबाट फोहरमैलामा मुख्य समस्याको रुपमा रहेको प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । नगरप्रमुख महर्जनले जोड दिए, “हामीले प्लाष्टिकको झोलाको साटोमा कागज र कपडाको झोलालाई प्राथमिकता दिएका छौं ।” महानगरपालिकाले फोहरमैलाको संकलनसँगै वर्गीकरण र ढुवानीमा समेत अध्ययन गरिरहेको छ । दीर्घकालीन फोहर व्यवस्थापनका लागि अन्तिम निष्काशन स्थानको व्यवस्थापनमा महानगर लागेको छ ।

फोहरमैलाको वर्गीकरण गरे पनि प्राङ्गारिक फोहरलाई कम्पोष्ट मल बनाउन सकिन्छ । पुनः प्रशोधन र पुनः प्रयोग गर्न सकिने फोहरका बिषयमा छलफल भइरहेको उनले जानकारी दिए ।फोहरमैलाको व्यवस्थापनमा नागरिक समाज र विभिन्न संघ–संस्थासँग समेतलाई सहकार्यकार्यका लागि पहल गर्ने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाको साबिकको गाविस क्षेत्रमा भन्दा नगरको भित्री भागमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहको छ ।रासस



प्रतिक्रिया दिनुहोस्