Logo

चेल्सीविरुद्ध आर्सनलको जित



काठमाडौं, १७ साउन । गोलकिपर पिटर चेकले आफ्नो पूर्व क्लबविरुद्धको खेलको नियमित समय र सुटआउटमा एक–एक वटा पेनाल्टी बचाएपछि आर्सनलले एक गोलले पछि परेको अवस्थामा खेल जितेको थियो ।

पाँचौं मिनेटमा एन्टोनियो रुडिगरले सेस फ्याब्रिग्यासको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । अग्रता दोब्बर बनाउने मौमा रहेका अल्भारो मोराटाको पेनाल्टीलाई पिटर चेकले विफल बनाइदिए ।

खेलको करिब पूरै समय चेल्सीले एक गोलको अग्रता कायम राखेपछि खेल सकिनु १७ सेकेण्ड अगाडि अलेक्सान्द्रे लाकाजेटीले गोल गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछिको पेनाल्टीमा आर्सनल ६–५ ले विजयी भयो । सुटआउटमा चेकले लफ्टस चिकको प्रहार बचाएपछि आर्सनल विजयी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot