Logo

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरुः मन्त्री अधिकारी



काठमाडौँ, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन।

फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिएका थिए।

पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले भने, “ मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटामार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।” भिजिट नेपाल–२०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने जनाएका छन।

उनले फोटो पत्रकारले पछिल्लो पटक विकास भइरहेको प्रविधि र सामाजिक सञ्जालका बारे चनाखो हुनुपर्ने सुझाव दिँदै राम्रा फोटो खिचेर आफूलाई उत्कृष्ट साबित गर्नुपर्ने बताएका छन। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot