Logo

बार्सिलोनाका डिफेन्डर डिग्ने एभर्टनमा भित्रिए



काठमाडौं, १७ साउन । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर लुकास डिग्ने १८ मिलियन पाउण्डमा इंलिस क्लब एभर्टनमा आबद्ध भएका छन्।

फ्रान्सेली लेफ ब्याक डिग्नेसँग एभर्टनले आगामी पाँच वर्षका लागि सम्झौता गरेको हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट सन् २०१६ मा स्पेन आएका डिग्नेले बार्सिलोनाबाट ४६ खेल खेलेका थिए।

डिग्नेले पिएसजीमा रहँदा लिग वान तथा बार्सिलोनाबाट ला लिगाको उपाधिसमेत जितेका थिए। फ्रान्सको राष्ट्रिय टोलीबाट २१ खेल खेलिसकेका डिग्ने रूस विश्वकप खेल्ने टोलीमा भने परेका थिएनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot