Logo

भारतीय सहकर्मीलाई सफथ ग्रहण समारोहमा निम्ता



काठमाडौँ,१७ साउन । पाकिस्तानमा प्रधानमन्त्री नियुक्त हुन लागेका इमरान खानले आफ्नो शपथ ग्रहण समारोहमा भारतबाट पूर्व क्रिकेटरहरू सुनिल गावस्कर, कपिल देव र नवजोतसिंह सिद्धु र बलीउड स्टार आमिर खानसम्मलाई निम्ता दिएको खवर सार्वजनिक गरिएको छ।

जसमा सिद्धुले निम्ता स्वीकार गरिसकेका छन्। कपिल देवले आफ्नो कप्तानीमा पहिलो पटक भारतलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि दिलाएका थिए भने इमरानले आफ्नो कप्तानीमा पाकिस्तानलाई उपाधि दिलाएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा एउटा पनि नो बल नफालेको छवि बनाएका इमरानले अब प्रधानमन्त्रीको कुर्सीबाट गर्ने शासनमा कसतो कला देखाउलाई त्यो भने हेर्न बाँकी नै रहेको छ ।

भारतीय सहकर्मीलाई दिएको निम्तोलाई धेरैले सकरात्मक रुपमा हेरेका छन। खानको पार्टी पीटीआईले २५ जुलाईमा पाकिस्तानमा भएको आमनिर्वाचनमा ११६ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो।

उनले ११ अगस्टमा सफथ लिने कार्यक्रम रहेको बताईएको छ । एजेन्सि



प्रतिक्रिया दिनुहोस्