Logo

घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व



म्याग्दी, १७ साउन । जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको छ ।

जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गवत आवमा ग्रामीण क्षेत्रमा एक हजार १८४ र शहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो । आव २०७३÷७४ मा एक हजार ९०८ रजिस्टे«शन पास हुँदा रु एक करोड ६४ लाख ५९ हजार राजश्व संकलन भएको थियो । आव २०७२÷७३ मा दुई हजार २५२ रजिस्टे«शन पास हुँदा रु एक करोड ७७ लाख २५ हजार राजश्व उठेको थियो ।

राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, मुआब्जा वितरणलगायत कारणले गत आवमा घरजग्गाको कारोवार बढेको पौडेलले बताएका छन । गत आवमा रु एक करोड ८३ लाख ४२ हजार राजश्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्य गरेभन्दा ११७ प्रतिशत बढी राजश्व संकलन भएको अधिकृत पौडेलले जानकारी गराए। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot