Logo

एडीबी सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक



काठमाडौँ, १७ साउन । एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न आज यहाँ त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरियो ।

कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम अझ प्रभावकारी बनाउन कार्ययोजना लगायतमा सघाउन अर्थ मन्त्रालय तयार रहेको बताएका छन । उनले आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष सजग हुनुपर्ने बताउँदै सहयोगका लागि एडीबीप्रति कृतज्ञता व्यक्त गरेका छन।

कार्यक्रममा एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले एडीबी सहयोगका मेलम्ची खानेपानी योजना, सडक सुधार आयोजना, त्रिभुवन विमानस्थल सुधार आयोजना, भूकम्प आकस्मिक सहयोग आयोजना आदि चुनौतीपूर्ण भए पनि समयमै सम्पन्न गर्नुपर्ने बताए ।

एडीबी दक्षीण एशिया विभागका उपमहानिर्देशक दिवेश शरणले २०१७ मा नेपालको कार्यसम्पादन राम्रो भए पनि लक्ष्य प्राप्तिका लागि अझै प्रयास गर्नुपर्ने जनाए ।

कार्यक्रममा एडीबीका सिनियर प्रोक्युरमेन्ट अफिसर नरेन्द्र चन्दले नेपालको कार्य सम्पादनबारे, भूकम्प आकस्मिक सहायता आयोजनाबारे नरेश गिरी, यातायात तथा सञ्चारबारे शिगेहिको मुरामोतो तथा शिक्षाबारे स्मीता ज्ञवालीले प्रस्तुति दिईएको थियो ।

सो समीक्षा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल, नेपाल पुनः निर्माण प्राधिकरणका सचिव अर्जुन कार्की लगायतले भाग लिएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्