Logo

न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता



काठमाडौँ,१७ साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किएकि छिन।

झण्डै छ हप्ताको विदा सकेर उनि बिहीबार काममा फर्किएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भनेर भनेकी छिन।

प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनि विश्वको दोस्रो व्यक्ति रहेकि छिन । यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला छोरीको रुपमा सन्तान लाई जन्म दिएकि थिईन ।

अहिले ३८ बर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छीन ।“म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मेरा सहकर्मीले न्युजल्याण्डको लागि राम्रो भूमिका निर्वाह गर्नुभएको छ भन्ने मैले विश्वास लिएकी छु,” उनले भनृकि छिन।

प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ विताएको बताएकि थिईन । “त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अव म पुर्ववत अवस्थामै काम गर्न सक्नेछु,” उनले भनेकि छिन ।

आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमान्ले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै उनले थपेकि छिन, “म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन् ।”रासस



प्रतिक्रिया दिनुहोस्