Logo

नेपाली फुटबल टोलीका प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक



काठमाडौं १८ साउन । ‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ। अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो। कोजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन्। कोजी शुक्रबार जापान फिर्ता हुँदैछन्।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीषा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो।

उनी श्रम स्विकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए। एन्फाले कोजीको भीसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ। कोजीले २०१८ का लागि गत जनवरी १७ मा पर्यटक भीसा लिएका थिए।

कुनै पनि विदेशी नागरिक एक भीसा वर्षेमा १ सय ५० दिन मात्र पर्यटक भीसामा नेपाल बस्न पाउँछन्। कोजी दुई वर्षअघि पर्यटक भीसामा नेपाल आएका थिए। अध्यागमन ऐनको बर्खिलाप गर्दै कोजी ९ दिन ‘ओभर स्टे’ बसेको स्रोतले जनाएको छ। अध्यागमन नियमावली २०५१ मा पर्यटकलाई एक भीसा वर्षमा बढीमा पाँच महिनाका लागि मात्र भीसा दिइने उल्लेख छ।

– सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध

– सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश पाउने

– सन् २०१६ मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक

– शुक्रबार जापान फिर्ता हुँदै कोजी

प्रशिक्षक कोजीलाई अध्यागमन ऐन÷नियमको उल्लंघन गरी ओभर स्टे भएको आरोपमा अध्यामगन विभागले फिर्ता पठाएको हो। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले ‘ओभर स्टे’ पाइएकाले कोजीलाई फिर्ता पठाउने निर्णय गरिएको बताए। ‘कोजीको पर्यटक भीसामा नेपाल बस्न पाउने समय गुज्रिसकेको थियो’, महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘सन् २०१८ भर नेपाल प्रवेश गर्न नपाउने गरी उनलाई निष्काशन गरिएको छ।’ उनलाई निष्काशन गर्ने निर्णय गर्नुअघि एन्फा पदाधिकारीले अध्यागनका अधिकारीसँग छलफल समेत गरेका थिए।

अध्यागमन विभागका अधिकारीले अध्यागमन ऐन÷नियम अनुसार कोजीलाई थप भीसा दिन नमिल्ने बताएपछि एन्फाका पदाधिकारी चित्त बुझाएर फर्किएका थिए। एन्फा पदाधिकारीले भने कोजीलाई फिर्ता पठाएको विषयको बचाउ गरेका छन्। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षक कोजी राष्ट्रिय टोलीसँग शुक्रबार थाइल्यान्ड हुँदै इन्डोनेशिया जाने बताए। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्