Logo

बक्सअफिसमा चलचित्र कायरा’ र ‘झमक बहादुर’



काठमाडौं, १८ साउन । आर्यन सिग्देल अभिनित चलचित्र ‘कायरा’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् ।

एकसमय अभिनेता सिग्देलको पनि लोभलाग्दो क्रेज थियो । किस्मत, कसले चोर्‍यो मेरो मन, नोभेम्बर, क्लासिक, मेरो एउटा साथी छ, लगायतका फिल्म बक्सअफिसमा चलचिहरु सफल हुँदा उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता र निर्देशककोृ संख्या धेरै थियो ।

चर्को डिमाण्डलाई थेग्न उनी राम्रा कम दर्शक भड्काउने फिल्ममा बढी व्यस्त भए । फलस्वरुप, अहिले आफ्नो स्टारडम फर्काउन आर्यनलाई महाभारतको युद्ध लडे सरह भएको छ । ‘कायरा’ ले युद्ध सफल बनाउँछ वा बनाउँदैन ? त्यसको नतिजा त केही दिनमा नै सार्वजनिक हुनेछ ।

चकलेटी ब्वाई आर्यन र अहिलेकी हटकेक साम्राज्ञीले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा घोषणाको बेलैदेखि व्यग्र प्रतिक्षा थियो । गीतसंगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

मल्टिप्लेक्समा उच्च शोज पाएको यो फिल्मले देशभरका ८० हलमा आफ्नो वर्चश्व जमाएको छ । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ ।

मल्टिप्लेक्समा एक्लै भएपनि सिंगल थिएटरमा ‘कायरा’ को भिडन्त अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ सँग परेको छ । पहिलो ट्रेलर सार्वजनिक भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसु को फोटोकपी रहेको भन्दै चर्को आलोचना भएको थियो ।

सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ । भोमन कटुवाल निर्देशित तथा मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ मा यादब देवकोटा सरापे, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot