Logo

भागिरथ र शर्मिलाको स्वरमा ‘कास्की पोखरा’ भिडियो सहित



काठमाडौँ, १८ साउन । वर्तमन समयका लोकप्रिय युवा गायक भागिरथ चलाउने र शर्मिला बिसीको स्वरमा ‘कास्की पोखरा’ बोलको तीज गीत बजारमा आएको छ ।

प्रकाश भट्टको निर्देशनमा तयार पारिएको यस गीतमा जेम्स बिसी, दीपाशा बिसी र रीना थापा मगरको अभिनय रहेको छ । राजेश घिमिरेले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका हुन भने विष्णु शर्माले भिडियो सम्पादन गरेका हुन ।

त्यस्तै गायक चलाउनेले सुनिता बस्नेतको ‘सल्यानकी मायालाई’ र तुलसा थापा तथा सीता थापाको ‘अहिलेको तीजैमा बेहुली बनाउँछु’ बोलको गीतहरुमा पनि स्वर दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot