Logo

मन्त्री विश्वकर्माद्वारा निरीक्षण



काठमाडौँ,१८ साउन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा ले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद सागलाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको निरीक्षण गरेका छन।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको उनले निरीक्षण गरेका हुन।

निरीक्षणका क्रममा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय र सम्बन्धित निर्माण कार्यमा खटिएका इञ्जिनियरले कार्य प्रगतिका बारेमा मन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए ।

सो अवसरमा मन्त्री विश्वकर्माले १३ औँ साग राष्ट्रको प्रतिष्ठा र गौरवसँंग जोडिएको विषय भएकाले चलिरहेको निर्माण कार्यलाई अझ तीव्रगतिमा बढाएर समयमै सम्पन्न गर्ने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताएका थिए।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot