Logo

काठमाडौं अनामनगरमा खुल्यो ‘ड्रिम डान्स क्रिएशन’ (फोटोफिचर)



काठमाडौं, १८ साउन । काठमाडौंको अनामनगरको युनियन हाउस अगाडि आज ‘ड्रिम डान्स क्रिएशन’ को औपचारिक उद्धघाट्न भएको छ ।

शुक्रबार उक्त डान्स क्रियएशनको उद्धघाट्न निर्देशक, डान्सर, ड्रेश डिजाईनर तथा कोरियोग्राफर राजेन्द्र कुमार राई र सञ्चारकर्मी तथा मोडल पवन भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।

उद्धघाट्न समारोहमा नव नायक देव सागर, कलाकारहरु शिव लामिछाने, योगराज पाण्डे, निर्देशक तथा कोरियोग्राफर प्रशासन्त तामाङ र सुष्मा राईको उपस्थिति रहेको थियो । ओजस्वी साउद र आँशुतोष ऐडीले उक्त डान्स क्रियएशन सञ्चालनमा ल्याएका हुन् ।

युवा वर्गलाई लक्षित गरेर डान्स क्रिएशन सुरु गरिएको सञ्चालक साउदले जानकारी दिए । उक्त डान्स क्रिएशनमा हिप पप, बलिउड, कल्चरल  फ्रि–स्टाईल, लिरिकल हिप हप, क्लासिकल, जुम्बा, क्रम्पिङ र अन्य थुप्रै डान्सहरु सिकाईन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot