Logo

‘ज्योतिको क्रेजमाथि ? यो तीजमा पनि ‘विकृति’ भित्र्याईन’- एक चर्चा



धनराज वास्तविकः काठमाडौं, १९ साउन । पछिल्ला वर्षमा स्टेज र रेकर्डिङ गीतहरुको मामलामा आक्रमक राजगर्न सफल गायिका हुन ज्योती मगर । आज आएर ज्योतिको चर्चा र चर्चाको वर्षामाथि प्रश्नचिन्ह खडा हुँन थालेको छ ।

रोल्पाकी गायिका मगरलाई नेपाली दर्शकहरुले धेरै कोर्णबाट चिन्ने गर्दछन् । कतिले राम्रो स्वर भएकी गायिका । कतिले लाईभ दोहोरी खेल्न माहिर गायिका । कतिले हट-सेक्सि गायिका । कतिले स्टेज क्विन गायिका ।

कतिले चर्चाका लागि जे पनि गर्ने र नेपाली लोकगीत संगित क्षेत्रमा बिकृती ल्याउने गायिका भनेर पनि चिन्छन्, सोच्छन र बुझ्छन् । त्यसो त उनका गतिबिधि हेरेरै मानिसहरुले यसो भनेका हुन । त्यसो भन्नु स्वभाविक पनि छ ।

जसले जसरी चिनेपनि ज्योति मगरको परिचय सांगितिक फ्लास बोर्डमा जति आयो त्यति मात्रै होईन । उनी राम्रो गायिका पनि हुन । उनले जे जस्तो हर्कतहरु देखाउदै आईन र गरिने त्यो उनको रहर मात्रै थिएन कि ? बाध्यता पनि थियो कि ? परिणाम देख्ने तर कारण नखोज्ने नेपाली चरित्रले हर घडिमा धोका हुन्छ ।

छोटो कपडा र ब्रा

संसारका हरेक मानिसको चर्चा र परिचर्चा एक समयमा मात्रै हुन्छ । जन्म, मृत्यु, बिवाह र चर्चा यि चारवटा कुराहरु कतिबेला हुन्छ, त्यो थाह हुँदैन । यहाँ चर्चाको बारेमा चर्चा गरिदैछ ज्योति मगरको ।

करिअरको डेन्जर जोनमा पुगेकी गायिका ज्योति मगरको पहिचान गायिका भन्दा छुटा लुगा लगाएर स्टेज चढेर होस् या गीत संगितमा उत्तेजक अभिनय गरेर नै किन न होस् चर्चा र बिवादको घेरामा पर्ने थियो ।

जुन बिवाद र चर्चा पछिल्लो समयमा सेलाएको छ भन्दा अन्यथा हुँदैन । यसमा ज्योति सच्चीएकी हुन सक्छन् । यूवादेखि बृद्धसम्मले हर्ने ज्योतिका गीतका सन्देश भन्दा उनको आकर्षक ज्यान र पोटिला स्तन नै हुन ।

स्टेजका कार्यक्रमहरुमा अत्याधिक उत्तेजित हुने गायिकाको रेकर्ड बनाएकी मगरले केही स्टेजहरुमा कपडा नै खोल्नपछि नपरेको पाईन्थ्यो । कुनै बेला स्टुडियो र स्टेजमा ज्योतिको माग तानातान थियो । त्यो पनि बिस्तारै कम हुँदै गएको छ । ओरालो लागेको मृगलाई बाच्छीले लखेट्छ । त्यसलै यस समयमा ज्योतिले चनाखो हुन जरुरी छ । गिरेको साखलाई पुनःफकाउन उनमा क्षमता छ । राम्रो गीत बनाएर गाएर हिट बनाउन सक्ने उनमा प्रसस्त क्षमता छ ।

लोकप्रियता र चर्चा

सांगीतिक क्षेत्रमा लोप्रियता र चर्चित भन्ने शब्दले ठूलो अर्थ राख्ने गर्दछन् । चर्चा जो कोहीको हुनसक्छ् । तर लोकप्रियता कमैले मात्रै हासिल गर्ने गर्छन् । गायिका ज्योति मगरको जीवनले चर्चा पायो तर बिडम्बना लोकप्रिय बन्न सकेन ।

यहि चर्चामा पनि लोकप्रिय गायिकाको शब्दले सम्बोधन गर्न कठिन भयो । सर्वाधिक जनताले चासोकासाथ लिएको सम्मानित विषय र व्यक्ति लोकप्रिय हुन्छ । त्यतिनै संख्याले के भएछ ? भन्दै छिछि र दुरदुर गरेर गरिएको चर्चा केवल चर्चा मात्रै हुन्छ । त्यो चर्चा लोकप्रिय बन्दैन ।

पर्दा पछाडि र फ्लासबोर्डमा ज्योति

लोकप्रिय सर्जक, गीतकार, गजलकार डा.कृष्णहरि बरालको शब्द, हरि लम्सालको संगीत र आनन्द कार्कीको स्वरमा एउटा गीतको सम्झना हुन्छ, जे जे हुने हो, हुन्छ यहाँ पर्दा पछाडिनै…गायिका ज्योति मगरको जीवनमा पनि यस गीतले अर्थ राख्छ । चाहिदा भरपुर प्रयोग गर्ने र अस्तित्वको अन्तिममा पुगेपछि त्यसको कुनै वास्ता नगर्ने समाजको चरित्र छ ।

गाईले दुध दिदासम्म दाम्लोले गोठमा कस्ने, जब गाईबढि हुन्छे र उसलाई सडकमा लिएर छोडिदिने, जवान हुन्जेल बालि उत्पादनमा जोत्ने, बुढेसकालको गोरु भिरतिर लिएर छाडिदिने, दुध दिदासम्म दुधखाने भैसिले दुध दिन छोडेपछि मःम खाने, यस्ता दृश्यहरु आँखाले देख्न सकिन्छ । उल्लेखित प्रसँग मानव जीवनमा मेल त खादैनन् तर केही रुपमा असर भने गर्छन् ।

ज्योति मगरलाई प्रयोग गर्ने र उनी आफै प्रयोग हुने शिलसिला रोकिएको छ, उनी दुरपयोग हुनबाट रोकिनै पर्छ भन्दा अन्यथा हुँदैन । अन्य पात्रहरुले ज्योतिको स्थान कब्जा गरिसकेका छन् । ज्योति मगरसँग नाङ्गीने मात्रै क्षमता थिएन्, उनीसँग राम्रो गायकी पन र लाईभ दोहोरीमा आसु क्षमता थियो । उनको उत्ताउलो पनाले त्यो क्षमतालाई छायामा पारिदियो । यहि भनाई कतिपयको छ ।

कथा अर्काको हुने तर पात्र उनलाई बनाइन्थ्यो । बिवाद उनको हुन्थ्यो, फाइदा अर्काले लिएको पाईन्थ्यो । एउटा गीत उनको नाममा तयार हुदा फाईदा अरुले लिईरहेका हुन्थे । एउटा गीत समाजमा उत्तालो घोषणा हुन के ज्योतिको मात्रै भूमिका थियो ? एउटा गीत बन्न के कति चाहिन्छ ? त्यो जानकार वर्गलाई बताउनु पर्दैन ।

एउटा गीत दर्शकसामु जान गीतकार, संगितकार, निर्देशक सबैको उत्तिकै भुमिका हुन्छ । तर गाली खाने बेलामा ज्योति एक्लिले खाईन । त्यसैले उनी चर्चित भईन, लोकप्रिय बन्न सकिनन् । उनलाई प्रयोग भन्दा दुरप्रयोग गरियो । उनी प्रयोग कम दुरपयोग बढि भईन ।

ज्योति मगरले बिकृति फिजाइ भनेर सत्तोसराप गर्दै आफु चोखिने अनि दश पटकसम्म लुकि लुकि त्यहि उनका भिडियो हेर्ने जमातको कुनै कमि थिएन, छैन पनि । ज्योति मगरले पनि साडि चोली लगाएर मौलिक गित संगित गायिकी छिन् । ती गित संगितमा खेलेकी छिन् तर ती गित संगितले औषत भन्दा कम चर्चा पाएका छन् ।

ज्योतिको मौलिक देन

नेपाली लोक तथा दोहोरी क्षेत्रमा गायिका मगरले उत्ताउला गीत मात्रै बजारमा ल्याईन भन्ने बुझाई छ । त्यो बुझाई भ्रम छ । उनले गायका गीतहरु भनेर जसलाई चिनिन्छन् र सुनिन्छन् ती गीतभन्दा पहिले उनले राम्रै र मौलिक गीतमा स्वर दिएको भेटिन्छ । स्थापित व्यक्तिहरुबाट समाजले राम्रो र नराम्रो कुराहरु देख्न र भोग्न पाउछ । ज्योति मगरको सांगितिक यात्रा र जीवनबाट सिक्नुपर्ने अनि त्याग्नुपर्ने कुराहरु पनि छन् ।

२०६३ सालमा गायिका मगरले ‘मन किन टाढा भो’ बोलको गीतमा आवाज दिएकी थिईन । त्यसपछि टिपन सकिन खाइन बरिलै’ ‘मुसुक्क हासेर, चौबन्दिमा चट्टै, मायासंग, जस्ता मौलिक गीतहरुमास्वर दिएकी छन् । यि गीतहरु पर्दा पछाडी रहेकाले धेरैलाई थाहा छैन् ।

‘आफुले गाएको गीत गाउदा दर्शकले नचिन्ने र दर्शकले चाहेका गीत ल्याउदा बिकृति ल्याई भन्ने’लाई ज्योति मगर भन्छिन्,‘मैले साडी चोली लगाएर गायका खेलेका गीत किन हेरिदैन, सुनिदैन अनी छोटा साडिका गित लुकि लुकि हेर्दै ज्योति बिकृति ल्याई भन्न मिल्छ ? क्यामेरा म्यानले उल्टो सुल्टो पारेर, मुनिबाट खिच्ने ? अनि मलाई देखाई भन्ने ?’

यो तीजमा पनि ‘विकृति’ भित्र्याईन

मानिसको जीवनमा उचित किसिमको मार्गदर्शक भएन भने जीवन सार्थक रुपमा बित्न सक्दैन । एउटा मानिसको जीवन सफल र असल बन्न धेरै कुराहरुले साथ दिनुपर्छ । गायिका ज्योति मगरलाई मात्रै दोष दिएर लोक तथा दोहोरी गीतको ओरालो लागेको स्थान उभो फर्किदैन भनेर सम्बिन्धित सबैले जान्न जरुरी छ ।

ज्योति कै कारण धेरै कलाकारहरु स्थापित भएका छन् । धेरै कलाकारहरु चिनिएका छन् । ज्योतिले गाएपछि, ज्योतिले नाचेपछि चर्चामा आईन्छ भनेर कतिले गीत संगीतमा लगानि पनि गरेका थिए । सुमुधुर स्वर र तिक्ष्ण दिमागको साहराले मात्रै यस क्षेत्रमा काम गर्दैन, लोकप्रिय र चर्चामा आउन अन्य मसालाहरु पनि प्रयोग गर्नुपर्छ ।

कला, रुप, संगठन्, सम्बन्ध, वातावरण, संगत, अनुसासित, विषयगत ज्ञान लगायत कुराहरुको साहराले असल र सफल कलाकार बन्न सकिने आधार हुन । सफल जो कोही बन्न सक्छ तर सफलसँग असल बन्न जो कोहीको बसभन्दा बाहिरको कुरा हो ।

नेपाली नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमार गायिका ज्योति मगरको स्वरमा ‘विकृति’ बोलको तीज गीत बजारमा भित्र्याएकी छन् । भूमिका गिरीको तीजगीतको रुपमा बजारमा आएको उक्त गीतमा गायिका गिरीले मगरलाई स्वरमा साथ दिएकी छन् । साथै उक्त गीतमा उनको अभिनय पनि रहेको छ ।

खेम सेन्चुरीको भाका तथा नेत्र अर्यालको शब्द रहेको गीतले ज्योति मगरलाई सस्तो नबन्न र आफ्नो हैसियतको मुल्य बचाई राख्न सझाव दिएको पाईन्छ । गायिका मगरको कारण धेरै कलाकार बनेको र युटुवरहरुको पेट पाल्ने आधार समेत ज्योति हो भन्ने सन्देश प्रवाह गरिएको छ । रिपोर्टर्सनेपाल डटकमसँको कुराकानिमाा गायिका ज्योति मगरले यो वर्ष तीजको अवसरमा जम्मा तीन वटा गीत गाएको बताएकी छन् ।

जो कोही र जुनसुकै मानिसको बारेमा सहज रुपमा जान्नको लागि नेपाली विकिपिडिया छ । जुन विकिपिडिया जो कोहीको बन्दैन । तर ज्योति मगरको बनेको छ । हेरौं उनको विकिपिडिया यस्तो छः

पेशा गायिका, मोडल

ज्योती मगर नेपाली चलचित्र क्षेत्रको गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्लाृ१ेको नुवागाउँ गाविसमा भएको थियो । उनी विसं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

प्रारम्भिक जीवन

ज्योती मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो, पछी उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन् । उनले दाङबाट एसएलसी पास गरिन र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन ।

करियर

‘प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् । विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको ’ढाडे बिबिरालो’नामक गीत रहेको छ ।

जसमा उनले एकदमै अश्लिलता झल्किने खालको अभिनय गरेकी छिन् । ‘स्रोत नखुलेकोे’ त्यस यता पनि उनका थुप्रै अश्लिलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन् ‘स्रोत नखुलेकोे’ तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ ।’

ज्योति चर्चाको निष्कर्ष

लोक तथा दोहोरी गीत क्षेत्रमा अश्लिलता आयो भन्ने र त्यसको दोष ज्योतिलाई दिएर आफु उम्किने छुट सायदैलाई हुँदैन । चर्चाको लागि गरिएको कुरा व्यक्तिमा गएर सकिन्छ, लोकप्रियताको लागि बगाएको पशिना समाजसँग गएर बाँच्दछ । जवानी र आँधिखोलाको आयू कति नै हुन्छ र ?

यस क्षेत्रको विकृतिलाई हटाएर सभ्य सांस्कृतिक जागरण ल्याउन कलाकार, पत्रकार र सरकारको मुख्य भूमिका रहन्छ । सरकारले संगीत सेन्सर बोर्डको स्थापना गर्नु पर्यो । कलाकारले कलाकारको मुल्य बुझ्नु पर्यो । पत्रकारले पात्रकार भएर पेट पाल्नको लागि लेख्नु भएन । समाज बदल्न र समाजमा रहेका अन्यायलाई चिर्नको लागि लेख्नु पर्यो ।



प्रतिक्रिया दिनुहोस्