Logo

असहाय बालबालिकालाई शैक्षिक सामाग्री



शरद रेग्मी : तुलसीपुर १९ साउन ।रोट्रयाक्ट क्लब अफ तुलसीपुरको आयोजनामा बिजौरी स्थित असहाय बाल विकास
नेपालका बालबालिकाहरूलाई आज शैक्षिक सामाग्रि बितरण गरिएको छ ।

क्लबका अध्यक्ष रुपेश शर्माको अध्यक्षतामा भएको शैक्षिक सामाग्रि बितरण कार्यक्रममा १५ जना साना साना असहाय बालबालिकालाईहरु लाई स्कुल व्याग,कापि,कलम लगाएत फलफूल समेत बितरण गरिएको हो ।

कार्यक्रममा रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफुहहरु सदैब निस्वार्थ रुपमा समाज सेवामा लागिपरेको बताउनुभयो । उहाले रोटरि क्लबले साना तथा ठुला कार्यक्रममार्फत समाजमा पछाडि परेका समुदायको हितमा टेवा पुग्नेगरि नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा तुलसिपुर उधोग बाणिज्य सङघका निवर्तमान अध्यक्ष बिमल रिजाल,रोटरि क्लब अफ तुलसिपुर सिटिका पुर्व अध्यक्ष खुसल तर्ताल, रेडियो सञ्जिवनि एफएमका सचिब देब बहादुर केसि, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,रोट्रयाक्ट क्लबका सस्थापक अध्यक्ष बिनिल केसि,पुर्व अध्यक्षहरु देबेन्द्र केसि,सन्दिपन रिजाल,सस्थाकि कोषाध्यक्ष सिमा वलि लगायतले असहाय बालबालिकाको शैक्षिक ब्यबस्थापन तथा राम्रोसँग हेरचाह गर्न स्थानीय तहहरुले नितिगत रुपमा सहयोग गर्न आबश्यक रहेको बताएका थिए ।

टर्की स्थित रोट्रयाक्ट क्लब अफ ट्रयायजोन र तुलसिपुर स्थित रोट्रयाक्ट क्लबको समन्वयमा एकैसाथ दुबै देशका असहाय बालबालिका हरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको पुर्व अध्यक्ष सचिन पौडेलले जानकारी दिनुभएको छ ।

कार्यक्रममा विभिन्न जिलाबाट बिजौरि स्थित असहाय केन्द्रमा बस्दै आएका केही बालबालिकालाईहरुलाई स्वास्थमा सास्या समेत देखापरेको हुदा पाल्पालि मेडिकलमा उपचारका लागि निशुल्करुपमा ब्यबस्थापन गरिएको छ । कार्यक्रमको सञ्चालन महासचिव कमल डागिले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot