Logo

बुढामगरको पहिलो कृति ‘हामी कसरी जिउँछौं’ विमोचित



काठमाडौँ, १९ साउन । जिता सिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पहिलो पुस्तक ‘हामी असरी जिउँछौं’ आज सार्वजनिक भएको छ ।
शनिबार रपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय कृषि उद्यमी महासंघका महासचिव, युवा उद्यमी तथा समाजसेवी समेत रहेका बुढा मगरको पहिलो कृति उक्त पुस्तक आज एक समारोहका बीच सार्वजनिक गरिएको हो ।

पुस्तकको विमोचन भने कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य तथा लोकबार्ता बाल साहित्य विभागकी प्रमुख नर्वदेश्वरी सत्याल र नेपाल मगर संघ केन्द्रीय समितिका संरक्षक सदस्य तथा अधिवक्ता गौबहादुर आलेमगरले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा आफ्नो कृतिबारे प्रकाश पार्दै लेखक बुढामगरले ‘नेपाली समाज तथा जीवनमा केही गर्न चाहनेहरुका लागि पुस्तक एक उत्प्रेरक र जीवन उपयोगी हुने विश्वास दिलाए ।

पुस्तकमा निराशामा रहेका ब्यक्तिहरुलाई आफ्नो कर्ममा सपना, संकल्प, निरन्तर लगाव, माया तथा अवसरको रुपमा लिएर पहिचानलाई कसरी अगाडी बढाउने भन्नेबारेका सन्देशहरु आफ्नो पुस्तकमा समेटेको पनि उनले बताए ।

आफ्नो पुस्तक नेपालीहरुलाई एक सकरात्मक सोचको मार्ग बन्न सक्ने पनि उनले विश्वास दिलाएका छन् । उनले भने,‘मलाई विश्वास छ, यो पुस्तक सबै नेपालीहरुको लागि जीवनोपयोगी हुनेछ ।’

नेपाली समाज वैदेशिक रोजगारको बोटोमा लाग्नुभन्दा स्वदेशमै युवा प्रयोगबाट धेरै कुरा गर्न सकिने जानकारी उनले उक्त पुस्तकमार्फत दिन खोजेका छन् ।

हामीले जीवनमा केही गर्नको लागि आफ्नो लगाव र मेहनतको महत्वपुर्ण भुमिका रहने र काम गर्न लाज नमान्ने प्रबृतिको बिकास गर्न पनि यो पुस्तक उपयोगी हुने उनको विश्वास छ ।

बिमोचन कार्यक्रमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य नर्वदेश्वरी सत्यालले देशलाई चिनाउन विकासको बाटोमा बिमोचित पुस्तकको बिशेष भुमिका रहने टिप्पणी गरिन् ।

उनले नेपाल प्रज्ञा प्रतिष्ठानले पनि नेपाली भाषा र साहित्यलाई सम्मानको दृष्टिले हेर्ने भएकाले आज बिमोचित उक्त पुस्तकले समाजमा गहिरो छाप राख्ने कुरा विश्वास दिलाईन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली झण्डा प्रर्दशन प्रर्वद्धक रहेका लक्ष्मी नारायण कंसकारले देशको झण्डामुनि बसेरै आफ्नो ज्ञान, दक्षता र सिपको सदुपयोग गर्न उनले यो पुस्तकबाट दरिलो ज्ञान प्राप्त हुने विश्वास दिलाए ।

कंसकारले बुढामगरद्धारा लिखित पुस्तकबारे प्रकाश पार्दै समाजमा रहेका बिसंगति र सम्भावनाहरुलाई नियाँलेर जुनसुकै कर्ममा अगाडि बढाउनका लागि यो पुस्तक बरदान साबित रहने जिकिर गरे ।

कार्यक्रमका सभापति गौबहादुर मगरले निकैै मेहनत र लगावबाट पुस्तक प्रकाशित गरेको भन्दै लेखक बुढामगरलाई बधाई समेत दिए ।
उनले अघि थपे,‘मानिस कसरी जिउँछ ? र राष्ट्रलाई कसरी चिनाउने भनेर जानकारी गराउनका लागि यो पुस्तक एकचोटि सबैले अध्ययन गर्नैपर्ने छ ।’

पुस्तकलाई ग्लोबल नेपाल प्रिन्टिङ प्रेसले छापेको हो भने यसका प्रकाशक विष्णु कुमारी जिरेल हुन् । पुस्तकको लेआउट भने महेश नकर्मीले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्