Logo

अन्तिम पत्र लेखेर प्रधानध्यापक बेपत्ता



काठमाडौं २० साउन ।  लामो समयदेखि शिक्षण पेशामा लागेर पनि परिवारमा प्रगति गर्न नसकेको भन्दै पत्र लेखेर एक शिक्षक बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका, ९ कटुवाचौपारीका शिक्षक शिवप्रसाद पौडेल बेपत्ता भएका हुन् ।

मोदी गाउँपालिका, ६ स्थित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक रहेका ५९ वर्षीय पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् । बिहान पुजापाठ गर्न भनी घरबाट निस्केका उनी घर फर्केका छैनन् ।

करिव चार दशक शिक्षण पेशामा संलग्न रहेरका पौडेल १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा पढाउँदै आएका थिए । आफन्तलाई सोधपुछ गर्दा कुनै पत्तो नभएपछि खोजी कार्यका लागि प्रहरीलाई खबर गरेको दिवाकर पौडेलले जानकारी दिए ।

शिक्षक पौडेलले ओछ्यानमा अन्तिम पत्र भनेर छाडेका छन् । उनले पत्रमा परिवार, विद्यालयका कर्मचारी तथा विद्यार्थीलाई नआत्तिन भनेका छन् । पत्रमा विद्यालयको भ्रष्टाचारका बारेमा समेत उल्लेख गरेको दिवाकरले बताए ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot