Logo

काँग्रेस स्याङजाका सभापति पंगेनीको हृदयघातका कारण निधन



वालिङ, २० साउन । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उनको निधन भएको हो ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot