Logo

पशुपतिका चार आयोजना



काठमाडौँ, २० साउन विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा पुनःनिर्माण एवं दर्शन मार्गमा ढुंगा बिच्छ्याउने कामका लागि चार वटा आयोजनाको बोलपत्र स्वीकृत भएको छ ।

पशुपति क्षेत्र विकास कोषको निर्णयबमोजिम दर्शन मार्गमा ढुंगा छाप्न धर्म एस निर्माण सेवा प्रालिलाई छनोट गरिएको छ । यसका लागि रु तीन करोड ३९ लाख ५२ हजार नौ बजेट स्वीकृत भएको छ ।देवता घर द्योछें पुनःनिर्माणका लागि धर्म एस÷गौरी गणेश जेभीको प्रस्ताव स्वीकृत भएको छ । देवता घर पुनःनिर्माणका लागि रु दुई करोड १५ लाख ३० हजार ४०५ बजेट विनियोजन गरिएको छ ।

किराँतेश्वर सत्तल संरक्षण तथा पुनःनिर्माण गर्न प्रेरा÷गौरी गणेश जेभीलाई जिम्मेवारी दिइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी गराएका छन । सत्तल संरक्षण तथा पुनःनिर्माणका लागि रु तीन करोड ९४ लाख ५० हजार ४५६ बजेट स्वीकृत गरिएको उनले बताएका छन।

यसैगरी इँटापाखामा प्रस्तर फलक छाप्न सिएम÷तुल्सी जेभीले ठेक्का पाएको छ । यसका लागि रु दुई करोड २४ लाख १५ हजार ६८६ बजेट विनियोजन गरिएको छ ।निर्माण व्यवसायीले मूल्य अभिवृद्धि करसहित कबोल गरेको रकमका आधारमा ठेक्का दिइएको कोषले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्