Logo

रेसलिङका बादशाह केन ग्लेन मेयरमा निर्वाचित



काठमाडौँ, २० साउन । रेस्लिङको रिङका बादशाह केन ग्लेन ज्याकोव अहिले आफ्नो राजनीति जिवनमा सक्रिय भएका छन् ।

रेस्लिङको रिङमा धेरैलाई पराजित गरेका उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएको खवर सार्वजनिक गरिएको छ । होरिपब्लिकन पार्टीका उम्मेदवार केनले ६६ प्रतिशत मत ल्याएर आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्न सफल भएका हुन ।

मेयरमा निर्वाचित हुने डब्लूडब्लूईका दोस्रो रेस्लरका रुपमा रहेका उनिले ५१ हजार आठ सय चार मत ल्याउँदा डेमोक्रेट उम्मेदवार लिन्डा हेनीले २६ हजार दुई सय २४ भोट प्राप्त गरे । यो भन्दा अघि सन् १९९१ मा जेस बेचुरा ब्रुकलिन पार्कका मेयरमा निर्वाचित भईसकेका छन।

लामो समयदेखि राजनितीमा लागिरहेका उनले कहिल्यै पनि राजनीतिलाई रिङमा छिर्न दिएनन् । निर्वाचनका बाचाहरु पुरागर्नुपर्नै भएकाले उनले केहि समयकालागि रिङमा नर्फकने बिचार उनको रहेको छ ।

उनि मेयरमा निर्वाचित शहर मुलुककै चौथो ठुलो आम्दानी गर्नै शहको रुपमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot