Logo

जाजरकोट पहिरो: मृत्यु हुनेको संख्या ९ पुग्यो, बर्षाका कारण उद्धारमा कठिनाई



जाजरकोट, २० साउन । जिल्लाको भेरी नगरपालिका-३ ठाटिबजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । पहिरोमा परेका मध्य ९ जनाको शव निकालिएको छ ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन् । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छोरी ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र ३ वर्षीया मनिषा बिक रहेका छन् । पहिरोमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारको घाइते अवस्थामा उद्दार गरिएको छ भने उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

विहान सात बजेतिर गएको प्रहरीले जनाएको छ । पहिरोमा परी दुई घर पुरिएका छन् । स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरएको हो । पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय लबकुमार पुनले बताए ।

प्रत्यक्ष दर्शी पुनका अनुसार पहिरोले घर भित्र भएका र बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएका छन् । पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । बर्षा नरोकिएको र अफ्ट्यारो भूभाग भएका कारण उद्दारमा समस्या परेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot