Logo

सन्दीप वेस्ट इन्डिजको एन्टिगुवा प्रस्थान



काठमाडौं, २० साउन। नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग सिपिएल का लागि वेष्ट इन्डिज प्रस्थान गरेको खवर सार्वजनिक गरिएको छ।

क्यारेबियन प्रिमियर लिग अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म आयोजना हुँदैछ । सन्दीपलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ६ महिनाअघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।

इन्डियन प्रिमियर लिगमा आईपीएल दिल्ली डेयर डेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए ।

आईपीएल अक्सनमा २० हजार भारतीय रुपैयाँ र क्यानाडा लिगमा ४० हजार डलरमा उनको भाउ लागेको थियो ।सन्दीप नेदरल्यान्डबाटै सिपिएलको लागि शनिबार वेस्ट इन्डिजको एन्टिगुवा प्रस्थान गरेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot