Logo

मदिरा पिएर पौडी खेल्दा २५० जनाको मृत्यु



काठमाडौँ,२० साउन । पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ ।

पोल्याण्डका नागरिकको गर्मी समयमा डुबेर मर्ने बिषय नयाँ भने होइन । हरेक गृष्म ऋतुमा गर्मी समयमा तलाउ नजिक वनभोज तथा पारिवारिक जमघटका लागि जाने र भोजका क्रममा अत्यधिक मदीरा सेवन गरी पौडी खेल्ने क्रममा बर्षेनी सयौँ नागरिकको डुबेर मृत्यु हुने गरेको पोल्याण्डको प्रहरीका प्रवक्ता मार्जेना अजिन्स्काले जानकारी गराएका छन ।

यस बर्षको जुलाई महिनामा मात्र ७५ जनाले ज्यान गुमाएका थिए भने यो महिना पनि १० जनाको मृत्यु भइसकेको उनले बताए। मृतकमध्ये अधिकाँश ५० बर्ष माथिको उमेर समूहका नागरिक रहने गरेको पाइएको प्रहरीले जनाएको छ । मृतकमध्ये ३१ देखि ५० वर्ष उमेर समूहका नागरिकको सङ्ख्या पनि धेरै नै रहने गरेको प्रहरीले जनाएको छ ।

वनभोजमा अत्यधिक मदीरा सेवन गरी सुरक्षाकर्मीद्वारा निरीक्षण नपुग्ने तालको भित्रीक्षेत्रमा पौडी खेल्ने क्रममा दुई सहोदर दाजुभाईको मृत्यु भएको हो । मृतकमध्ये एक जनालाई प्रहरीले तत्कालै उद्धार गर्न खोजे पनि उद्धार प्रयास विफल भएको थियो ।

पोडी खेल्ने क्रममा मृत्यु हुने महिलाको सङ्ख्या भने १५ प्रतिशतमात्र रहेको र डुबेर मृत्यु हुने अधिकांश स्थानहरू ताल तथा नदीका क्षेत्रहरू रहेको बताइउको छ ।
पोल्याण्डमा गत वर्ष पनि ताल तथा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ४४९ रहेको प्रहरीले बताएको छ । रासस



प्रतिक्रिया दिनुहोस्