Logo

‘के हो मित्रता दिवस ?



धनराज वास्तविक: काठमाडौं, २० साउन । नेपाल आफैमा साँस्कृति र संस्कारले सम्पन्न देश हो । दक्षिण याशियाको सबैभन्दा पुरानो देश भएरै होला अनेकन प्रकारका संस्कारहरु, संस्कृतिहरु र प्रचलनहरु छन् ।

कुनै बेला विश्वको एकमात्र हिन्दु राज्यको उपमाले चिनिएको हाम्रो देश नेपाल गणतान्त्रिक मुलुक बन्दा धर्म निरपेक्ष बन्न पुग्यो । १२३ जाति तथा १२५ भाषा बोलिने हाम्रो देशमा आजको दिनसम्म कुनै प्रकारका धार्मिक हिँसा, जातीय दंगा भएको ईतिहास छैन् ।

नेपाली समाजले पछिल्लो समयमा आफ्ना संस्कार र संस्कृतिहरुको वास्ता नगर्ने र अरु देशका संस्कृतिहरुलाई अनुसरण गर्ने थालेको आरोप खेपि रहेका छन् । पछिल्लो समयमा आएर नेपालीहरुले बिदेशी संस्कार संस्कृति र धर्म आत्मअनुसरण गर्ने क्रम जारि छ ।

मित्रता दिवसको अर्थ

मित्रता दिवसको बारेमा जान्नु अघि मित्रको परिभाषा जान्न जरुरी हुन्छ । साथी वा मित्र कुनै व्यक्तिको साथमा रहने व्यक्ति हो । यो एक मनोवैज्ञानिक सम्बन्ध हो। साथी-साथी वा एक अर्को व्यक्तिप्रतिको पारस्परिक आत्मीयता तथा मायाको सम्बन्धलाई मित्रताभन्दछन् । साथी भनेको आफनो हरेक दुख र सुखंंमा साथ दिने व्यक्ति हो ।

सन १९५८ दक्षिण अमेरिकन देशहरुले मित्रता दिवस सूरुवाती गरेता पनि आधिकारिक रुपमा सन २०११ बाट विश्वभर मनाउन थालिएको पाईन्छ । दुरीका हिसावले टाढा रहेका र साथीको सम्झनामा यो दिवस मनाईदै आएको छ ।

नेपाली फेशबुक प्रयोगकताहरुले आफ्ना साथीहरुलाई फरवार्ड गरेको सन्देश मुलक मित्रता दिवसको शुभकामना यस प्रकार छ ‘महाभारत युद्ध सुरुहुनु पुर्व कृष्ण दुत बनेर हसिनापुर पुगेर कर्णसंग भनेका थिए -राधे तिमी सुर्य पुत्र नभै कुन्ती पुत्र हौं , तिमी पाण्डवको तर्फ बाट युद्द गर र तिमिले नै राज्य प्राप्त गर्नेछौं ।

कृष्णको कुरा सुनेपछि कर्णले भने -श्रीकृष्ण पाण्डवको पक्षमा त तपाइ हुनुहुन्छ, त्यसैले पाण्डवको विजय निश्चित छ,परन्तु दुर्योधन मेरा असल मित्र हुन, उनी मेरो भरोसामा युद्धमा उत्रीएका छन्, यस्तो परिस्थितिमा दुर्योधनलाइ छोड्नु अन्याय हुनेछ र यो मित्र धर्मको विरुद्धमा हुनेछ ।

भनिन्छ कर्णले पाण्डवको तर्फ लिएको भए महाभारतको युद्द नै हुने थिएन । कर्णलाइ युद्द हार्ने थाहा हुदैहुदै पनि मित्रको निम्ति युद्धमा होमिए । यो भन्दा अर्को असल मित्रताको उदाहरण हुनै सक्दैन ।’

तस्बिर-समाजिक सञ्जालबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot