![](https://reportersnepal.com/wp-content/uploads/2018/08/Sri-Lanka-V-West-Indies-teprorters-nepal-768x461.jpg)
काठमाडौँ, २० साउन । श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ । उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक दिवसीय खेल खेलिरहेका रीजा हेन्ड्रीकले १०२ रन बनाएका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३६३ रन बनाएको थियो । रीजा हिन्ड्रीकले ८९ बलमा १०२ रनको महत्वपूर्ण पाली खेलेका थिए । उनी पहिलो एक दिवसीय खेलमै सतक प्रहार गर्ने दक्षिण अफ्रिकाका तेस्रो ब्याट्सम्यान भएका छन् । यसअघि कोलीन इन्ग्राम र टेम्बा बाभुमाले यस्तो रेकर्ड बनाएका थिए ।
दक्षिण अफ्रिकाका तर्फबाट जाँ–पल डुमिनीले ७० बलमा ९२ रन बनाएका थिए । पाँच खेलको यस प्रतियोगितामा अफ्रिका २–० ले अघि रहेको छ ।
श्रीलंकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ । रासस