Logo

इनरुवा मालपोतको लापरवाहीले एउटै जग्गा एक दर्जनको नाममा रजिष्ट्रेसन



इनरुवा, २० साउन। लापारवाही र अनियमितताको आरोप खेप्दै आएको मालपोत कार्यालय इनरुवाको एउटा त्यस्तै लापरवाही बाहिर आएको छ । सुनसरी रामधुनी नगरपालिकाको वार्ड नम्बर ५ को एक जग्गा १३ जनाको नाममा रजिष्ट्रेशन भएको फेला परेको छ ।

रामधुनी ५ भुम्कामा रहेको १२ कठ्ठा ४ धुर जग्गा साविक जग्गाधनी सानुराजा कार्की र सुवास साहका नामबाट नेपाल वैक लिमिटेडबाट लिलाम प्रकृयामा गएपछि नियमअनुसार लिलाम सकार गरेका व्यक्तिहरुका नाममा मालपोल कार्यालयमा दाखा भएको उनले बिक्री गरेर पटक पटक रजिष्ट्रेशन भएर १२ जनाको नाममा गईसकेकोमा फेरि सुरुका संयूक्त जग्गा धनी मध्येका सानुराजा कार्कीको नाममा रजिष्ट्रेशन हुँदा समस्या उत्पन्न भएको छ ।

बैकको पटक पटकको लिलामी प्रकृयामा कसैले पनि नसकारेपछि ऋण असुली न्याधिकरण काठमाडौंबाट २१ लाखको लिलामी सूचना निकालेकोमा तोकिएको समयमा अजय गुप्ताले मात्रै सकारको निवेदन दिएकोमा प ितोकिएको समयमा अजय गुप्ताले मात्रै सकारको निवेदन दिएकोमा पछि म्याद गुजारेर सानुराजा कार्कीले समेत निवदेन दिएकोले २०७० वैशाख १५ गते रकम बुझाउने म्याद थप गर्ने निवेदन अजयले दिएका थिए ।

बैशाख १९ गते दुबै निवेदन उपर सुनवाई हुँदा ऋण असुली न्याधिकरणले बेञ्चले ऋण असुली अधिकृतले गरे अनुसार हुने आदेश दिएको थियो । सोही अनुसार २०७० वैशाख २० गते अजयकुमार गुप्ताले लिलाम सकार गरेका थिए । लिलाम सकार गरेका अजयकुमार गुप्ताका नाममा मालपोत कार्यालय इनरुवामा दाखा भएको थियो ।

उनले दाखा पछि सोह जग्गा श्यामकुमारी साहु र अपेक्षा भट्टका नाममा बिक्री गरेका थिए । साहु र भट्टले रामधुनी नगरपालिका खगेन्द्र काप्mले र डेगराज फुयाँलका नाममा मालपोत कार्यालय इनरुवाबाट २०७१ असार १० गते रजिष्टे«सन भयो । काफ्ले र फुयाँले ५१ लाख रुपैयामा सो जग्गा खरिद गरेका थिए ।

मालपोतबाट जग्गा खरिद गरेका खगेन्द्र काफले र डेगराज फुयाँलका नाममा साविक भासी गाविस वार्ड नं ५ (ग) किनं २०, किनं ४५ किनं ४६, किनं ४७ र किनं ४५ को ५ वटा किक्ताहरु कायम भएपछि घडेरी प्रयोजनका उक्त कित्ताका जग्गाहरु काफ्ले र फुयालले विभिन्न ८ जना सर्वसाधरणहरुका नाममा कानुनी नियम प्रकृया अनुसार मालपोत कार्यालय इनरुवाबाट रजिष्ट्रेशन गरी खरिद बिक्री गरेका थिए ।

नियमित रुपमा जग्गा बिक्री गर्दै आएका दुवै जग्गाधनीहरुले पुनः मालपोत कार्यालय इनरुवाबाट केही समय अगाडि उक्त कित्ताका बाँकी रहेका जग्गाहरु बिक्रीका लागि रजिष्ट्रेशन गर्न आउँदा सानुराजा कार्कीको नाममा दाखा भएको फेला परेको थियो ।

एउटै जग्गालाई ऋण असुली न्याधिकरण काठमाडौको दुई फरक फरक आदेश र निर्णयले फरक फरक जग्गा धनीहरुका नाममा दाखा गर्ने आदेशसँगै मालपोत कार्यालय इनरुवाले समेत अघिल्लो पत्रअनुसार दाखा भैसकेको जग्गालाई पुनः अर्का व्यक्तिका नाममा दाखा गरेर त्रुटीपूर्ण निर्णय लागु गरेको हो ।

कानून ब्यवसायी बोर्णबहादुर कार्की ऋण असुली न्यायाधिकरणको पहिलो आदेशले एक जनाको नाममा दर्ता भई भएर बिभिन्न ब्यक्तिको नाममा बिक्री भईसकेको जग्गा पछि फेरि पत्र आउँदा एक जनाको नाममा जग्गा पहिला नै न्यायाधिकरणको आदेशअनुसार दाखा भईसकेको जवाफ दिनु पर्नेमा मालपोतका कर्मचारीले गैरजिम्मेवार र गैरकानूनी काम गर्दा यस्तो अन्यौलपूर्ण अवस्था आएको बताए ।

हाल जग्गाको धनी पुर्जा साथमा भएपनि जग्गाको स्वमित्व आफुहरुसँग नरहेको जानकारी पाएका खगेन्द्र काफ्लेले ऋण असुली न्याधिकरण काठमाडौले अघिल्ला अध्यक्ष गोकुल बुर्लाकोटीको आदेश र निर्णयलाई पछिल्लो अध्यक्ष शेरजंग कार्कीले अन्यायपूर्ण रुपमा कानुनी रुपमा समेत लिलाम हुने प्रकृयालाई आत्मासाथ गरी पुनरावेदन समेत नगरी बसेका साविकका जग्गा धनी सानुराजा कार्कीका नाममा पुनः दाखा हुने निर्णय र आदेश आएकाले आफुहरु चकित भएको बताए ।

नातामा आफन्तसमेत रहेका शेरजंग कार्की र सानुराजा कार्कीले मिलोमतो गरी अघिल्लो अध्यक्षको आदेश र निर्णय विपरित लिलाम भैसकेको र राजश्वसमेत जम्मा भई सकेको जग्गालाई समयअनुसार मुल्य बढदै जादाँ लोभमा परेर कानून विपरित काम गरी मालपोत कार्यालय इनरुवालाई समेत प्रभावमा पारी दुई पटक दाखा गरेर कानुन र नियमको खिल्ली उठाएको पीडित खगेन्द्र काफलेले बताए ।

हाल जग्गा खरिद गरेका १० जना भन्दा बढी स्थानीयहरुले सो किक्ताहरुमा घर बनाउँनका लागी आवश्यक निर्माण सामग्रीहरु तयारी अवश्थामा राखेर निर्माण कार्य सुरु गर्न लाग्दा ऋण असुली न्याधिकरण काठमाडांैको दोहोर आदेश र निर्णयलाई दवावमा परेर पुनः दाखा गरेको मालपोतको गैरकानुनी कामले बिच्चलीमा परेका छन । यस विषयमा सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर भएकोमा झण्डै चार वर्षदेखि फैसला नहुँदा अजयसँग जग्गा खरिद गर्ने एक दर्जन जग्गा धनी यतिबेला अन्यौलमा परेका छन ।



प्रतिक्रिया दिनुहोस्