Logo

बेरोजगारलाई अब निर्वाह भत्ता



काठमाडौं २१ साउन । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।  वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो ।

१८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाउँदैछ ।

रोजगारीको हकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा कानुन मन्त्रालयले समेत सहमति दिएपछि मन्त्रिपरिषद पठाउन लागिएको हो । ‘मैले सदर गरिसकेँ, अब मन्त्रिपरिषदमा पठाउँछौं,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टले भने, ‘विधेयकमा भएको व्यवस्थाले बेरोजगार युवाको समस्या समाधान गर्नेछ ।’ –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot