Logo

छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !



काठमाडौं २१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ ।

नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएके अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउनका निम्ति अनुदानको कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख सन्तवीर लिम्बुले बताए । कारोवारदैनिकमा



प्रतिक्रिया दिनुहोस्