Logo

के गर्देछन मोेदीका नेपाली धर्मपुत्र जितबहादुर सारु मगर !



काठमाडौं, २१ साउन । चार बर्षअघि पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा चर्चा पाएका थिए। उनको राजनितिक जिवन र नेपाली धर्म पुत्रको रुपमा उनले सार्वजनिक गरेका नवलपरासीका जितबहादुर सारु मगरको समाचारले त झनै नेपाली उनि प्रति दयालु बनेका थिए ।

नेपाल भ्रमण गर्नु पुर्व मोदीले ट्विट गरेका थिए ‘व्यक्तिगत रुपमा मेरो नेपाल भ्रमण एकदमै विशेष छ। धेरै वर्षअघि मैले एउटा नेपाली बालक भेटेको थिएँ, जितबहादुरलाई आफू कहाँ पुगेँ भन्ने थाहा थिएन ।’

जितबहादुरलाई घर छाड्न आउँदा मोदीको चर्चा राम्रैसँग भएको थियो । उनि नेपाल पुग्नु पुर्व नै उनको परिवारलाई ब्यवस्थाका साथमा नेपालस्थित भारतीय दुतावासले काठमाडौँ स्थित होटल हायातमा राखेको थियो । त्यो बेला भारतीय दुतावासले जीतबहादुरकी आमा खगिसरा, दाइ दशरथ र भाउजू तथा जितबहादुरकी बहिनी प्रेमकुमारीलाई काठमाडौँ बोलाएको थियो । भारतीय वायु सेनाको विशेष विमानमा आफूसँगै जितबहादुरलाई पनि लिएर आएका मोदी काठमाडौं आएका थिए ।

खुसीको कुरा, हामीले जितबहादुरको परिवारलाई पत्ता लगाउन सफल भयौँ। मलाई खुसी लागेको छ, भोलि जितबहादुरको परिवारले छोरासँग भेट गर्नेछ। मोदीले गरेको यो ट्विट नेपाल बाट मात्र नभएर उनका विश्वभरी रहेका प्रसंशकहरुले यो ट्विटमा लाखौ प्रतिक्रिया जनाएका थिए । तर अहिले के गर्देछन त राना ? किन उनि गुुमनाम जस्तै रहेका छन आज भोली ?

त्यसपछि मोदी दुई पटक नेपाल भ्रमणसहित संघीय राज्य भएपछि केही महिनाअघि नेपाल भ्रमणमा आए । जितबहादुर न मोदीलाई भेट्न आए, न मोदीले जितबहादुरलाई सम्झिए ।

मोदीले जितबहादुरकी आमा र परिवारका सबै सदस्यलाई पहिलो पटक आउँदा भेटेका थिए । मोदीले जितबहादुरकी आमा खगिसरलाई त्यसबेला भनेका थिए,‘मैले तपाईंको छोरालाई बडो माया गरेर हुर्काएँ, राम्रो कलेजमा पढाउँदै छु । अब तपाईंको जिम्मा लगाउन चाहन्छु ।’

काठमाडौं उत्रनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले आफूलाई बसोबासको व्यवस्था गरिएको होटल हायात पुगेर सबभन्दा पहिले जितबहादुरका परिवारजनलाई भेटेका थिए । प्रधानमन्त्री मोदी र छोरा जितबहादुरलाई भेट्नेबित्तिकै खगिसरा एकक्षण भावुक बनेकी थिइन् ।

मोदीले आफ्नो धर्मपुत्र जीतबहादुरका बुबाआमाको खोजी गरेका थिए । जितबहादुरको खुट्टामा भएका छ औँलाका कारण यो सम्भव भएको थियो। त्यो बेला हिन्दुस्तान टाइम्सका संवाददाता उत्पल पराशर र प्रशान्त झाले लेखेका थिए ।

जितबहादुरका आफन्तहरूका अनुसार उनी भारतमै छन् ।अहिले जितबहादुर मोदी परिवारको हिस्सा बनेका छन्। उनले अहमदावादको लक्ष्मण ज्ञानपीठबाट स्कुल तहको अध्ययन सकेर त्यहाँकै राइ विश्वविद्यालयमा स्नातक अध्ययन गरिरहेका छन्। मोदी प्रधानमन्त्री बनेर नयाँ दिल्ली सरेपछि जीतबहादुर होस्टलमा बस्न थालेका थिए ।

जितबहादुरले घरपरिवारसँग कहिलेकाहीँ सम्पर्क गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot