Logo

रसुवाको घट्टेखोला राजमार्गमा पुल मर्मत शुरु



रसुवा, २१ साउन । वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ । रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य शुरु गरिएको हो ।

ठाडो खोलामा पानीको बहाव ठूलो भएको र मेशिनसमेत लान नसकिने भएकाले मानिसद्वारा मर्मत कार्य अगाडि बढाइएको हो । उक्त पुल भदौको पहिलो हप्तासम्म मर्मत सम्पन्न गरी सवारीसाधन आवातजावत गराइने लक्ष्य लिई अगाडि बढाएको प्रमुख शाक्यले जानकारी दिए ।

जगमा असर परेका कारण उक्त पुलबाट अहिले सवारीसाधन आवातजावतमा रोक लगाइएको र व्यापारी व्यवसायीले थोर बहुत सामान बोकेर ओहरदोहोर गर्ने गरेको बताइएको छ ।

यही साउन ११ गतेको वर्षाले क्षति पु¥याएपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो । घट्टेखोलाको पुल क्षति भएका कारण दैनिक असुली हुने करीब रु १४ करोड भन्सार राजश्व घाटा भइरहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot