Logo

नेपाली फुटबल टोलीलाई किरण चेम्जोङको कप्तानी गर्ने



काठमाडौं,२१ साउन। नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद खेल्ने भएको छ ।

एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने भएपनि हरेक टोलीले बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले किरणसहित विशाल राई र रोहित चन्दलाई टोलीमा समावेश गरेको छ ।

सिनियारिटीको आधारमा किरणलाई कप्तानीको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । किरण बुधबार मात्र माल्दिभ्सबाट काठमाडौं आएका थिए । उनी माल्दिभ्समा व्यावसायिक फुटबल खेल्दै आएका छन् । तर उनको भिसा प्राप्त नभइसकेकोले उनी शुक्रबार टोलीसँगै थाइल्यान्ड जान सकेनन् ।

उनी तीन दिनपछि थाइल्यान्ड जाने एन्फाले जनाएको छ । २६ खेलाडीसहित ३२ सदस्यीय टोली एसियाड र साफ च्याम्पियनसिपको अन्तिम तयारीका लाथि थाइल्यान्ड गएको हो । त्यहाँ नेपाली टोलीले दुई वटा अभ्यास खेल खेल्नेछ ।

भदौं २ गते देखि १७ गते सम्म एसियाड इन्डोनेसियामा सञ्चालन हुनेछ । एसियाड लगत्तै भदौ १९ देखि बंगलादेशमा साफ च्याम्पियनसिप हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने छ ।थाइल्यान्ड जानुअघि टोलीको विदाईमा राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले नेपाली झन्डा किरणको अनुपस्थितिमा अर्का सिनियर खेलाडी विशाल राईलाई हस्तान्तरण गरेका थिए ।

आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु–२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड प्रस्थान गरिसेको छ ।३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले बिदाई गरेका थिए।

रोहित इन्डोनेसियामै रहेका र उनी त्यहिबाट टोलीमा सहभागी हुने जानकारी प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot