Logo

६ खेलमध्ये दुई खेलमा मात्र जित हात पार्न सफल म्यानचेस्टर युनाइटेडको प्रि–सिजन अन्त्य



काठमाडौं, २१ साउन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रि–सिजन भ्रमण हार ब्यहोर्दै अन्त्य अन्त भएको छ। जर्मन च्याम्पियन बायर्न म्युनिखसँग म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएको छ ।

युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि–सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको युनाइटेडले प्रि–सिजनको ६ खेलमध्ये दुई खेलमा मात्र जित हात पार्न सफल भएको छ ।

युनाइटेडले एसी मिलान र रियल मड्रिडलाई मात्रै पराजित गर्न सक्दा क्लब अमेरिका र सान जोसे अर्थक्वेकसँग बराबरी खेलेको थियो। इंग्लिस क्लब लिभरपुलसँग भने ४–१ को फराकिलो हार बेहोरेको थियो।

म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा आइतबार बिहान भएको खेलमा जेभियर मार्टिनेजको एक मात्र गोल नै युनाइटेडको हार बन्न पुुगेको छ। प्रतिस्पर्धात्मक बनेको खेलको ५९ औं मिनेटमा मार्टिनेजले थियागो आलाकान्तराको कर्नरमा गोल गर्न सफल भएर खेलमा अग्रता हासिल गरेको थियो।

यस खेलमा पउल पोग्वा, रोमेलु लुकाकु, जेसे लिङगार्ड, एस्ले योङ र मराउने फेलियनीलाई प्रशिक्षक जोजे मौरिन्होले विश्राम दिएका थिए। नेमान्जा मेटिक र एन्टोनियो भ्यालेन्सिया भने चोटग्रस्त छ।



प्रतिक्रिया दिनुहोस्