Logo

टिका पुनको स्वरमा ‘डोली चढियो’ सार्वजनिक



काठमाडौं, २१ साउन । हरितालिका तीजलाई लक्षित गरेर सर्जक विशाल ढकालले नयाँ तीज गित सार्वजनिक गरेका छन् । सिंगारो म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक ढकालले ‘डोली चढियो’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका हुन् । ढकालकै लयरशब्द रहेको गीतमा चर्चित गायिका टिका पुनले स्वर रहेको छ ।

मौलिक लोक संस्कृतीलाई सम्वद्र्धन र संरक्षण गर्ने हेतुले नयाँ गीत सार्वजनिक गरेको सिंगारो म्युजिक प्रालिका प्रवन्ध निर्देशक समेत रहेका सर्जक ढकालले जानकारी दिए । उनले भड्कीला र समाजिक विकृतीभन्दा समाजको वास्तविक यथार्थता झल्कने शब्दहरु गीतमा समावेश गरेको दावी गरेका छन् ।

चर्चित मोडल दिपाशा विसीको अभिनय रहेको भिडियोको नृत्य निर्देशकमा नन्दा बस्याल, छायाँकन राजु केसी, सम्पादनमा प्रबिन भट्ट, विशेष सहयोग कमल विष्ट र भिडियो सम्पादन बिपि फिल्मसले गरेको हो । ढकालले गत वर्षको तीजलाई लक्षित गरेर भदौरे झरी बोलको गीत सार्वजनिक गरेको थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot