Logo

अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा पँहुच पुर्याउन सहयोग



गुल्मी २१ साउन । गुल्मीमा रहेको ‘विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना’ गुल्मीले शारीरिक अपाङ्गताको क्षेत्रमा विभिन्न कार्य गदै आइरहेको छ ।

संस्थाले नगरपालिकाको वामीटक्सारमा शिक्षकहरुका लागि अपाङ्गता व्यवस्थापन सम्वन्धी एक दिने र रेसुङ्गा नगरपालिकाको तम्घासमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेको जानकारी प्राप्त भएको छ ।

अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा पँहुच, वर्तमान अवस्था,शैक्षिक सरोकारवालाहरु बीचको भूमिका लगायतका विषयमा अभिमुखीकरण तालिम सञ्चालन गरेको परियोजना संयोजक गोविन्द चौधरीलेको जानकारी गराएका छन । ६० जनाको सहभागिता रहेको उक्त तालिममा विद्यालय निरिक्षक, श्रोतव्यक्तिहरु,विद्यालयका प्रधानाध्यापक एव शिक्षक प्रतिनिधिको सहभागी रहेका थिए ।

५ सय ८७ जना विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएको यस ‘विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना’ गुल्मीले हालसम्म ३ सय ५३ जना शारीरिक अपाङ्गता भएका बालवालिकाहरुको उपचार तथा पुनस्र्थापना गरिसकेका जनाएको छ ।

साथै यस्ता शारीरिक अपाङ्गता भएका बालवालिकाहरुले सहज रुपमा उपचार पाएपछि उनीहरुका घरपरिवार तथा समुदायले समेत अपाङ्ग बाल अस्पतालले गरेको कामप्रति खुलेर प्रशंसा गर्न थालेको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक केसीले जनाएका छन ।

जिल्लाभित्र रहेका बाल क्लवमा आवद्ध रहेका बालवालिका तथा अपाङ्गता भएका बालवालिकाहरुलाई क्लवमा सहभागि गराउन एक दिने अभिमुखिकरण तालिम पनि सञ्चालन गरि सकेको छ ।

सत्यवति गाउँपालिका र सदरमुकाम तम्घासमा महिला तथा बालवालिकाको कार्यालय गरी दुई स्थानमा घुम्ती शिवीर संञ्चालन गरेको जनाईएको छ । जिल्ला भित्रका अपाङ्गता भएका र गरिवीका कारण विद्यालय जान नसकेका बालवालिकाहरुलाई विद्यालय पठाउन प्रोत्सान स्वरुप शैक्षिक सामग्रीहरु र पोशाक समेत वितरण गरिएको केसीले जानकारी गराएका छन ।

सस्थाले २०७४ बैशाख १२ गतेदेखि गुल्मी जिल्लामा रहेका शारीरिक अपाङ्गता भएका बालवालिकाहरुका लागि काम गदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot