Logo

अझै नगर परिषद हुन सकेन



मोहन तामाङः भोजपुर, २१ साउन । जिल्लाको षडानन्द नगरपालिकामा अझै नगर परिषद हुन सकेको छैन । भोजपुरमा ७ गाउँपालिका र २ नगरपालिका गरेर ९ वटा स्थानिय तहहरु रहेका छन् । त्यस मध्यमा षडानन्द नगरपालिकामा अहिलेसम्म बजेट सिलिङ पनि नभएको र टोल परिषद र वडा परिषद गर्न पनि नसकिने भएको हो ।

सरकारले असारको मसान्त सम्ममा नगर परिषदहरु सक्नुपर्ने नीतिल्याए पनि नीति कार्यन्वएन भएको छैन । असार मसान्तमा नगर परिषद सकेर यो वेला योजनाको पैसा सन्चालन गर्दा दशैँ तिहार बिदाको समयमा नहुने काम यो बेला गर्न सकिने देखिन्छ ।

असारमा नै गरि सक्नु पर्ने परिषद श्रावण बित्न लाग्दा पनि नभएको र मेयर बिरवल राई नगरपालिकाको काममा भन्दा पनि आफ्नो व्याक्तगत काममा व्यस्त रहने ने.क.पा.का पुर्व नगर उपाध्यक्ष मान बाहादुर खत्रीले बताए ।

संघिय सरकार हुनु भन्दा पहिला बजेट ढिला आउने भएकाले ढिला गर्दा पनि फरक पर्दैन थियो तर अहिलेको बजेट सरकारले गत आर्थिक बर्षमा नै हालि सकेको छ । पटक पटक नगर परिषद गर्नू पर्छ भनि सुझावसल्लाह दिँदा पनि मेयरले वास्ता नगरि आफ्नै तरिकाले चल्ने सैलि मन नपरेको, नगर प्रति मेयर बिरवल राई जिम्मेवार नरहेको र जनताको चासोमा रहेको दिगो र दिर्गकालिन विकासका लागि ठोस योजनामा मेयरको कति पनि चासो नरहेको ने.क.पा. का नेता हरि भित्रिकोटीले बताए ।

मेयरलाई फोनमा जानकारी लिँदा मेयरले अनेक बाहाना बनायर जवाफ दिएको थियो । पहिला मेयरले कर्मचारी नभ्यायर र कर्मचारि व्यावस्थापनको लार्पावाहिका कारण नगर परिषद हुन नसकेको भने पनि फेरि पछि ढिला भएर केहि हुँदैन राम्रो काम गर्नू पर्छ र राम्रो काम गर्दा केहि ढिलो हुन्छ काम गर्न हेरेर भन्नु जतिको सजिलो नभएको राईले बताए ।

तर सरकारले असार मसान्तमा सक्नु भनेको काममा समयमा नसक्दा नगर बाटनै सम्बिधानको उलंघन गर्न पाईन्छ भने पछि मेयरले योजनामा निर्माण कार्यमा गिटि र बालुवाको काम पर्ने तर भाद्र सम्म गिटि वालुवा जिक्न नपाइने र काम नहुने भएकोले नगर परिषदको कुनै हत्तार नरहेको मेयरले बताए ।



प्रतिक्रिया दिनुहोस्