Logo

परम्परा मुल्य र मान्यताविपरित लुम्बिनि विकास कोषको सदस्य सचिव नियूक्ति गरिएको बज्राचार्यको आरोप



काठमाडौं, २१ साउन । सामाजिक संस्था हेल्प नेपालका अध्यक्ष सिंहराज ब्रजाचार्यले परम्परा मुल्य र मान्यताविपरित लुम्बिनि विकास कोषको सदस्य सचिव नियूक्ति गरेको भन्दै बिरोध जनाएका छन् ।

सोमबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरेर सरकारले बुद्ध धर्म र मुल्य मान्यतालाई बेवास्ता गरि लुम्बिनि विकास कोषको सदस्य सचिवमा बहालवाला कर्मचारीलाई नियूक्ति गरेको भन्दै बज्राचार्यले आपत्ति जनाएका हुन् ।

उनले भने,‘लुम्विनि विकास कोषको सदस्य सचिव भनेको जागिर होईन, सेवक हो, बौद्ध धर्मको रक्षा गर्ने र त्यसको विकास गर्ने रणनीति तयार पार्न सक्ने व्यक्ति हुनुपर्छ, तर हाम्रो नेपालमा जुनसुकै विकास कोषहरुको सदस्य सचिव राजनीतिक कोटाबाट नियुक्ति हुने गर्छन्, काम गर्न सक्ने व्यक्तिलाई पठाईन्छ, तर सरकारले लुम्बिनि विकास कोषमा केही दिन अगाडि एउटा सरकारी कर्मचारीलाई पठाएको छ, उहाँ बौद्ध धर्मको मानिस पनि हुनुहुन्न ।’

लुम्बिनी विकास कोषमा धेरै समस्याहरु रहेको सुनाउँदै उने थपे,‘दिनमा ४ हजार भन्दा बढि भक्तालुहरुले अवलोकन गर्ने बुद्धको जन्मभूमि लुम्विनिमा राम्रो बाटो छैन्, फोहोर ब्यवस्थापन छैन्, खानेपानी छैन्, हल छैन्, प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा लुम्विनी विकास कोषको हातभित्र ५ हजार क्षमताको हल निर्माण गर्ने वचन दिनु भएको थियो तर उहाँ दोस्रो कार्यकालमा हुनुहुन्छ, त्यो आश्वासन पूरा भएको छैन् ।’

बौद्ध धर्मावालम्वीहरुले आफ्नो पूजापाठ गर्दा अत्यन्तै कष्ट व्यहोर्नु परेको बताउँदै ब्रजाचार्यले भने,‘महिनौंसम्म मनाईने लामा भीक्षुहरुका पूजाहरु निक्कै कष्टमा मनाईएको पाईन्छ, सरकारले त्यसमा कुनै भूमिका खलेको पाईदैन, लुम्विनी विकास कोषको बारेमा सरकार गम्भीर भएको लाग्नुपर्छ, विश्वका मानिसहरुको आगमन हुने बुद्ध भूमीको सफा हुनुपर्छ, विकसित हुनुपर्छ, नजिकका होटेलहरुको सेवा गुणस्तरिय हुनुपर्छ ।’

तपाई पनि उक्त आकांक्षी हुनुहुन्थ्यो भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘मेरो दाबी त थियो, तर सरकारले अर्का व्यक्तिलाई नै पठायो, मेरो दाबीको बारेमा सु्नुवाई नगरिकन लुम्विनी विकास कोषमा दुई महिना बाँकी सेवा हुँदै गरेका बहालवाला प्रमुख जिल्ला अधिकारीलाई पठाएको छ, जुन कुरा कानूनसम्मत् छै्न, यसका बारेमा सरकारले पुर्नविचार गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्