Logo

पर्यटन प्रवद्र्धन उच्च प्राथमिकतामाः मन्त्री कुसियत



इटहरी, २२ साउन । प्रदेश नं। १ का वन, वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसियतले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने वन, वातावरण र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिने नीति लिएको बताएका छन ।

सुनसरी रामधुनी नगरपालिका–७ कुमारखतस्थित ऐतिहासिक रानीताल प्रवद्र्धनका लागि आयोजित श्रीमद्भावगत एवम् रत्नेश्वर शिवालय मन्दिर उद्घाटन समारोहमा उनले पर्यटन विकासका प्रचुर सम्भावना बोकेको यो प्रदेशको समृद्धिका लागि सरकार योजनावद्ध तरिकाले अगाडि बढिरहेकोछ बताएका छन ।

मन्त्री कुसियतले भने, “विश्वकै उच्च शिखर सगरमाथादेखि होचो भाग केचनाकवलसमेत रहेको हुँदा यसलाई पर्यटकीय प्रचुरताको धनी प्रदेश बनाउँदै लैजाने काममा हामी प्रयत्नशील छौँ ।”

नेकपाका नेता एवम् स्थानीय समाजसेवी गणेश गुरागार्इंले रानीतालको ऐतिहासिक महत्वका विषयमा प्रकाश पार्दै प्राचीनकालमा धरानको विजयपुर राज्यसँग यसको ऐतिहासिकता जोडिएकाले उहिल्यैदेखि यो तालप्रति स्थानीयवासीका अगाध आस्था रहँदै आएको जानकारी गराएका छन । रासस



प्रतिक्रिया दिनुहोस्