Logo

१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ



काठमाडौँ, २२ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ ।

बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी गराए । उक्त रुवीको बजार मूल्य रु १६ करोड रहेको जनाएको छ ।यस्तै, वृत्तले रु १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले भारत सरकारले बन्देज गरेको एक हजार र ५०० दरका भारतीय रकमसहित काठमाडौँका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्कीका ४३ वर्षीय सुरज मल्ललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले एक हजारका ९६० नोट र ५०० का ३१० नोट बरामद गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot