Logo

विश्वकपका उत्कृष्ट गोलरक्षक थिबाउट मड्रिडमा आवद्ध !



काठमाडौं, २२ साउन। चेल्सीका गोलरक्षक थिबाउट कोउर्तोईसलाई रियल मड्रिडले भित्र्याउने तयारी थालेको छ। २६ वर्षिय बेल्जियन कोउर्तोइसलाई युरोपियन च्याम्पियन मड्रिडले क्लब भित्र्याउने तयारी थालेको हो।

उनी सोमबार देखि शुरु भएको प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षणमा सहभागी नभएपछि कोउर्तोइस रियल जाने कुरा थप प्रस्ट भएको अन्तर्राष्ट्रिय सञ्चारम माध्यमले जनाएका छन् ।

उनले हालै सकिएको रसिया विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। कोउर्तोइस सन् २०११ देखि चेल्सीमा छन् । उनले चेल्सीबाट खेलेका १५४ खेलबाट १५२ मात्र गोल खाएका छन् भने ५८ खेलमा गोल खाएका छैनन् । -एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot