Logo

चितवनको रत्ननगरमा बस र ट्रक आपसमा ठोक्किदा ४ जनाको मृत्यु



चितवन २३ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० भानु चोकमा बस र ट्रक आपसमा ठोक्किदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रकका चालक रौतहट चपुर–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक चपुरकै ३० वर्षीय बुद्धिमान लामा, ताप्लेजुङकी ४२ वर्षीया तारा बरालको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले जनाएको छ । अर्का एक जनाको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका २१ जनामध्ये ३ जनाको नयाँ मेडिकल र एक जनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको मकालु यातायातको यात्रु बस र नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक गएराती ११ बजेतिर आसपसमा ठोक्किएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएपी ढकालले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot