Logo

यौन दुराचारीलाई छोरा बेच्ने जोडी जेलचलान



काठमाडौँ,२३ साउन । दक्षिण जर्मनीमा आफ्नो छोरामाथि यौन दुर्व्यवहार गरेको तथा इन्टरनेटमार्फत् अन्य बाल यौन दुराचारीहरूलाई छोरा बेचेकी एकजना महिलालाई पुरुषसाथी सहित फ्राइबर्ग अदालतले १२ वर्षको सजाय सुनाउँदै जेल चलान गरिएको छ।

गत जून महिनामा सो मुद्दासम्बन्धी सुनुवाइ सुरु हुँदा ती बालक ९ वर्षका थिए।गत वर्ष एउटा गोप्य सूचनाका आधारमा ती दुई जनालाई पक्राउ गरिएको थियो। उनीहरू त्यस्तो कार्य गरेको स्वीकार गरिसकेका छन्।अहिले १० वर्ष लागेका ती बालकमाथि उनकी आमा र आमाका पुरुषसाथीले दुई वर्षसम्म दुर्व्यवहार गरेका थिए।

डार्क नेट भनिने मूलधारका सर्च इन्जिनहरूको पहुँच भन्दा बाहिर रहेको इन्टरनेट क्षेत्रमा उनीहरूले ती बालकमाथि यौन दुर्व्यवहार गरिएको भिडिओहरू राखेका थिए।

बलात्कार, बालबालिकामाथि चरम यौन शोषण, बाल यौन दुराचारसम्बन्धी अश्लील भिडिओहरु वितरण गरेका थिए र जबर्जस्ती त्यस्तो कार्यमा लगाएको अभियोगमा उनीहरू दोषी भेटिएका थिए । ती बालकमाथि दुर्व्यवहार गरेका अन्य कैयौँ मानिसहरूविरुद्ध पनि हालैको महिनामा जेल सजाय सुनाइएको छ।

बलात्कार, बालबालिकामाथि चरम यौन शोषण, बाल यौन दुराचारसम्बन्धी अश्लील भिडिओहरु वितरण गरेको र जबर्जस्ती त्यस्तो कार्यमा लगाएको अभियोगमा उनीहरू दोषी भेटिएका थिए।

अब ती बालकसहित उनीहरूको दुर्व्यवहारमा परेकी अर्की एकजना तीन वर्षीया बालिकालाई उनीहरूले ४९ हजार २०० डलर क्षतिपूर्तिस्वरूप दिनुपर्नेछ।हाल ती बालक कानुनी रुपमा तोकिएको उनका नयाँ अभिभावकसँग बसिरहेका छन्।ती बालकमाथि भएको दुर्व्यवहार रोक्न असफल भएको भन्दै ब्याडेन(वोरटम्बर्गस्थित बालकल्याण अधिकारीहरूको आलोचना भएको जर्मन समाचार विवरणहरूमा जनाइएको छ।

ती बालकलाई केही समयका लागि उनकी आमा र उनका पुरुषसाथीबाट सामाजिक कार्यकर्ताहरूले अलग गराएका थिए तर पछि पुनः फिर्ता गरेका थिए।स्पीगल समाचार वेबसाइटका अनुसार बालकल्याण अधिकारीहरूले अघिल्लो घटनासम्बन्धी सूचना आदानप्रदान गरिदिएको भए उनीहरूले गरेका अपराधसम्म पुग्न सकिने थियो।

घटना हेरिरहेका एकजना मनोविश्लेषकलाई उद्भृत गर्दै सो बेवसाइटले ती महिलाले आफ्नो छोरामाथि दुर्व्यवहार गर्दा आफ्नो पुरुषसाथीको प्रभावमा परेर भनेर पेश गरेको दाबी झुटो भएको बताएको छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्

Screenshot