Logo

शिक्षालयको उद्घाटन



काठमाडौँ, २२ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले गोकर्णमा विपद् व्यवस्थापन तालीम शिक्षालयको उद्घाटन गरेका छनख ।

शिक्षालयले विपद् व्यवस्थापन गर्ने सन्दर्भमा उद्धारलाई छिटोछरितो र सुरक्षित गरी जनधनको क्षतिलाई न्यूनीकरण गर्न शिक्षालयले प्रविधि प्रयोग तथा कौशलमा निपूर्ण जनशक्ति उत्पादन गर्नेछ ।

राष्ट्रिय सुरक्षाको जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले विपद् व्यवस्थापन, प्रकृति संरक्षण, विकास निर्माण, चुरे क्षेत्र संरक्षणमा पछिल्लो समय प्रभावकारी कार्य गर्दै आएको छ ।

प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्ने सन्दर्भमा अरू सुरक्षा अंग र निजामती प्रशासनसँग मिलेर निरन्तर काम गर्दै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक र नागरिकबीच सम्बन्ध अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ काम गर्दै आएको नेपाली सेनाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot