Logo

नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने



काठमाडौँ, २३ साउन नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ ।

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी एनसिएको टोली पनि सहभागी हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले पत्र पठाएको राष्ट्रिय क्रिकेट टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन । “निमन्त्रणा आएको छ, हामी छफफल गर्दैछाँै, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीसँग पनि स्वीकृत लिनुपर्ने हुन्छ”, उनले भनेका छन।

यू–१९ को केही खेलाडी राष्ट्रिय टोलीमा पनि रहेको र भर्खर नेदरल्याण्डसबाट फर्किएकाले यसबारे निर्णय गर्न एक दुई दिन लाग्ने उनको भनाइ रहेको छ । यता बिसिसिआईले भने खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार भदौ २७ गते इडेन गार्डेन्स कोलकातामा भारतविरुद्ध अफगानिस्तानले खेल्नेछ । सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले खेल्नेछ ।

त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध अफगानिस्तान, भदौ ३१ गते इडेन गार्डेन्समा भारतविरुद्ध एनसिए, सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछन् । असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल र सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टोलीबीच प्ले अफ खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot