Logo

प्राकृतिक चिकित्सा र योगको अध्ययन



नवलपरासी, २३ साउन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयमा अध्ययन÷अध्यापन गराउने भएको छ ।नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा र योग विषयमा तीन वर्षे डिप्लोमा कोर्ष र साढे पाँच वर्षे प्राकृतिक चिकित्सक अध्ययन÷अध्यापन गराउने योजना बनाएको हो ।

जसअन्तर्गत पहिलो चरणमा यसै वर्षबाट तीन वर्षो डिप्लोमा कोर्षका लागि सिटीइभिटीबाट सम्बन्धन लिइसकेकाले अध्यापन गराइने तयारी गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले जानकारी दिएका छन ।

२०७५ चैत महिनाबाट कक्षा सञ्चालनका लागि ४० जना विद्यार्थीलाई तीन वर्षे डिप्लोमा तहको प्राकृतिक चिकित्सा र योगसम्बन्धी अध्यापन गराइने तयारी गरिएको छ ।त्यसका लागि पाठ्यक्रमसमेत तयार भइसकेको चिकित्सालयले जनाएको छ ।

स्नातक तहको कार्यक्रम सञ्चालनसँगै नेपाल संस्कृत विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राकृतिक चिकित्सासम्बन्धी मेडिकल कलेज सञ्चालनको समेत प्रक्रिया अघि बढाइने चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताए ।

यसअगावै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot