Logo

बलात्कारीलाई आजिवन जेल सजाय दिनुपर्छ : बार उपाध्यक्ष पाठक



काठमाडौं, २३ साउन । नेपाल बार एशोसिएशनकी उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बलात्कारका घट्नामा संलग्न दोषीलाई आजिवन जेल सजाय दिनुपर्ने बताएकी छिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘बलात्कारमा संलग्न दोषीलाई आजिवन कैद सजाय दिनुपर्छ । २० वर्षसम्मको जेल सजायले पुग्दैन् ।’

उनले बलात्कारमा संलग्न दोषीहरुलाई मृत्युदण्ड दिने कि भन्नेबारे अहिले बहस सुरु भएपनि संविधानामा त्यस्तो व्यवस्था नभएकोले अहिले मृत्युदण्ड दिन नमिल्ने बताईन् ।

पहिलापनि बलात्कार, हत्या र हिंसाका घट्नाहरु घट्ने गरेको भएपनि त्यतिवेला घट्नाहरुलाई दबाएर राख्ने गरेको पाईएको उनको भनाई छ । उनले थपिन्,‘तर पछिल्लो समय सचेतनाका कारण घट्नाहरु बाहिर प्रकाशनमा आएका छन् । पीडितहरु पनि सचेत छन् । मिडियाले पनि यस्ता खाले आपराधिक घट्नाहरुलाई बाहिर ल्याउन महत्वपूर्ण भूकिा निर्वाह गरेका छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot